site stats
बाह्रखरी :: Baahrakhari
देश
सानदार मःम पसलमा आगलागी घटना : थप एकजनाको मृत्यु, सातको अवस्था ‘गम्भीर’

काठमाडौं । काठमाडौंको कमलपाेखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो ।

गएको माघ २४ गते बिहान ग्यास चुहावट भई उक्त मःम पसलमा आगलागी भएको थियो । त्यहाँका अरू कामदारसँगै त्यति बेला लामा पनि घाइते भएका थिए ।

सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका अरू सातजनाको उपचार जारी छ । कीर्तिपुर बर्न अस्पतालमै उनीहरूको उपचार भइरहेको छ । उनीहरू सबै सातजनाकै अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. विशाल कार्कीले बाह्रखरीलाई जानकारी दिए ।

यसअघि, माघ २८ गते राति दुईजनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्