site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट नुवाकोटतर्फ लैजाँदै गर्दा बाटोमा ग्यास ‘लिक’, सडक बन्द

काठमाडौं । काठमाडौंबाट गाडीमा राखेर नुवाकोटको चिस्यान केन्द्रतर्फ लैजाँदै गरेको ग्यास शुक्रबार बीचबाटोमा ‘लिक’ भएको छ । धादिङको धुनिबेँसी नगरपालिका–९, बाहुनडाँडामा पुग्दा एउटा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको प्रहरीले जनाएको छ ।

१७ सिलिन्डर बोकेको गाडीबाट ग्यास लिक भएपछि सुरक्षाका निम्ति सडक बन्द गरिएको छ । बाटोमा ग्यास लिक भएपछि सुरक्षा जोखिमका आधामा सडक बन्द गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले बताए ।

ग्यास बोकेको गाडी सुरक्षित स्थानमा राखेर बाटो सञ्चालनको तयारी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्