site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा ट्रक दुर्घटना हुँदा १९ चौपाया मरे

मुग्लिन । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, बर्दियाबाट आज बिहान काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनिट्रक अनियन्त्रित भई पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, लेवाटारमा सडकमा पल्टिएको थियो ।

दुर्घटनामा खसीबोका गरी १९ चौपाया मरेको उनले जानकारी दिइन् । रासस

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्