site stats
बाह्रखरी :: Baahrakhari
देश
बढ्यो काठमाडौंको तापक्रम, ६ वटा प्रदेशमा हिमपात हुने
फाइल तस्बिर । 

काठमाडौं । देशका अधिकांश भूभागमा आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हरनेछ । केही स्थानमा हिमपात हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसमविद् बिनु महर्जनका अनुसार पश्चिम तराईमा भन्दा पूर्वी तराईमा हुस्सु कुहिरो बाक्लो छ । 

विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी ५०० मिटर छ । भैरहवा र नेपालगञ्जको भिजिविलिटी पनि समान ५०० मिटर छ । 

चन्द्रगढी र धनगढीको भिजिविलिटी समान दुई हजार मिटर छ । सिमराको भिजिविलिटी चार हजार मिटर रहेको छ । 

अन्य धेरै स्थानमा तीन हजारदेखि चार हजार मिटरको बीचमा भिजिविलिटी रहेको उनले जानकारी दिइन् । 

मौसमविद् महर्जनका अनुसार काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ । दिउँसो अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसको बीचमा रहनेछ । 

मंगलबारको तुलनामा आज काठमाडौंको तापक्रम बढेको छ । मंगलबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको थियो । सोमबार काठमाडौंमा बिहान ६ : १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौंमा आज दिउँसो आंशिक बदली रहनेछ । 

विभागले दिउँसो सातवटै प्रदेशमा आंशिक बदली हुने बताएको छ । मधेस प्रदेशबाहेक ६ वटा प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात हुने विभागले जनाएको छ । 

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्