site stats
बाह्रखरी :: Baahrakhari
देश
२२ वर्षीय युवा, तीन अर्बको अवैध कारोबारमा संलग्न थिए !

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार सातजना युवालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो ।  पक्राउ परेका युवाहरुमध्ये पाँचजना नेपाली युवाहरु हुन् । उनीहरु ३० वर्षमुनिका छन् । दुईजना युवा भने भारतीय नागरिक छन् ।

त्यसमध्भ्ये एकजना ३० वर्ष मुनिका र एकजना मात्रै ३६ वर्षका छन् ।  सीआईबीको टोलीले उनीहरुलाई क्रिप्टो र अनलाइन ठगी गरेको आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।
पक्राउ परेका युवाहरुले क्रिप्टो र अनलाइन ठगी मार्फत तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको सीआईबीले दाबी गरेको छ । 

उनीहरुमाथि सीआईबीले संगठित ठगी र अभौतिक मुद्रा कारोबार कसुरमा अनुसन्धान थालेको छ । यसरी संगठित ठगी गर्ने समूहमा पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरीया गाउँपालिका–६ का २२ वर्षीया माइकल डंगौरा चौधरी, सोही स्थानका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वरका १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका–९ का २२ वर्षीय सत्यम कुमार सहनी छन् ।

यसरी नै दुईजना भारतीय नागरिक रोशन कुमार र मुन्ना कुमार छन् । उनीहरु क्रमशः २७ र ३६ वर्षीय हुन् । 

सीआईबीको टोलीले उनीहरुको साथबाट दुई थान कम्प्युटर, १३ थान विभिन्न ब्रान्डका फोन, विभिन्न व्यक्तिको नाममा जारी गरिएको १९ थान चेक, पाँच लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ ।

उनीहरुले अनलाई ठगी र क्रिप्टो कारोबारका लागि समूह नै निमार्ण गरेर ठगी धन्दा चलाएको सीआईबीले जनाएको छ ।  त्यसका लागि उनीहरुले विभिन्न बैंक तथा वालेट प्रयोगकर्ताहरुलाई झुक्याएर ओटीपी र पिन कोर्डसमेत वालेटमा पहुँच पुर्‍याएर ठगी गरेको भेटिएको हो ।

त्यो बोहक उनीहरुले विभिन्न युवाहरुलाई घरमै बसेर आकर्षक तलब पाउने भन्दै प्रलोभनमा पार्ने र उनीहरुले बैंक खाता समेत प्रयोग गर्ने र त्यो बापत केही कमिसन रकम दिने गरेका थिए ।  त्यसरी ठगी गरेको रकम उनीहरुले विभिन्न व्यक्तिको खातामा टान्र्सफर नर्गे र क्रिप्टोमा समेत कन्भर्ट गरेर नेपाल बाहिर समेत पुर्‍याउने गरेका थिए ।

उनीहरुले विदेशमा रहेका नेपालीहरुको रकमसमेत हुन्डीमार्फत नेपाल भित्र्याउने र नेपालमा रहेका रकम क्रिप्टो मार्फत विदेश पुर्‍याउने गरेको खुलेको हो ।

मुख्य नाइके २२ वर्षीय डंगौरा

सीआईबीको अनुसन्धानका क्रममा अवैध तीन अर्ब रुपैयाँ कारोबार गर्ने मूख्य नाइके भने कैलालीका २२ वर्षीय युवा माइकल डंगौरा रहेको खुलेको छ । उनकै योजनामा थप ६ जनाको समूहले यती ठूलो रकमको कारोबार गरेका हुन् । 

सीआईबीका एसपी शाहीका अनुसार डंगौराको विभिन्न सामाजिक सञ्जालमार्फत् एके सरकारमार्फत बुढानिलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठसँग सम्पर्क भयो । उनीहरुसति डंगौराको भारतीय नागरिक मुन्ना कुमारसँग समेत सम्पर्क भयो । 

मुन्नामार्फत नै रोशन कुमारसित डंगौरा जोडिएका हुन् । 

उनीहरुबाहेक क्रिप्टो कारोबारमा एक जना विदेशी नागरिकको समेत संलग्नता देखिएको छ । 

तर, उनको पहिचान भने हुन सकेको छैन । प्रहरीको अनुसन्धानका क्रममा पीडितको रकम उनीहरुले विभिन्न वालेट मार्फत तथा बैंक खातामा समेत टान्सर्फर गर्न लगाउने काम गर्थे ।

त्यसरी आएको रकम भारतीय नागरिक कुमारद्धय र पियुस श्रेष्ठले हुण्डी तथा क्रिप्टो गेम पोइन्टमा मार्फत कारोबार गर्ने गर्थे । 

त्यसरी जम्मा भएको रकम उनीहरुले दोलखा भिमेश्वरका १९ वर्षीय आश्विन चौलागार्इं मार्फत डंगौरासम्म पुग्ने गरेको खुलेको छ । पक्राउ परेकाहरुले योजनावद्ध रुपमा ठगीको कारोबार गरेको एसपी शाहीको भनाई छ ।

उनी भन्छन्,‘‘पक्राउ परेका युवाहरुले यो अवैध हो भन्ने थाहा  हुदाहुँदै योजनाबद्ध रुपमा कारोबार गरेको देखिन्छ । उनीहरुले प्रलोभनमा पारेर थप अन्यको समेत बैंक खाता दुरुपयोग गरेको भेटिएको छ ।’’

एसपी शाहीका अनुसार सीआईबीको प्रारम्भीक अनुसन्धानका क्रममा डंगौरा समूहले ३०० जनाभन्दा बढीको बैंक खाता दुरुपयोग गरेको भेटिएको छ ।  बैंक खाता दुरुपयोग गरिएकाहरुले भने उनीहरुलाई ठगी बारे जानकारी नै नरहेको खुलेपछि उनीहरुलाई भने पक्राउ नगरिएको सीआईबीले जनाएको छ ।

पछिल्लो सयम सीआईबीले अवैध कारोबार गर्ने ठूला समूहमाथिको अपरेशन तीव्र पारेको छ । 

२०८० मंसिरमा सीआइबीकै टोलीले हुुण्डी र अनलाई जुवा सञ्चालन गरेको आरोपमा काठमाडौं महानगरपालिका २८ बागबजारका रुपेश श्रेष्ठलाई समेत पक्राउ गरेको थियो । उनको घरबाट सीआईबीको टोलीले ८९ लाख ६९ हजार रुपैयाँ आठ थान मोवाइल फोन, तीन थान ल्यापटप, एक थान पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो । 

तर, उनीमाथि अनुसन्धान गर्र्दै जाँदा भने सीआईबीको टोलीले श्रेष्ठ क्रिप्टो कारोबारी रहेको तथ्य खुलाएको थियो ।उनीमाथि अनुसन्धान गरेको सीआईबीले पछि थप पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरुबिरुद्ध दुई खर्ब ८६ अर्ब रुपैयाँ बराबरको क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार कसुरमा सजाय दाबी गर्दै सीआर्ईबीले १७ माथि कारबाही हुने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सोही आधारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइ पक्राउ परेका चार जना पुर्पक्षका लागि जेलसमेत पुगे ।  हालसमेत उनीहरु थुनामै छन् । सीआईबीले पक्राउ गरेका श्रेष्ठसहित आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियार जेल चलान भएका थिए । अन्य भने अझै फरार छन् ।

डंगौराको बैंक खातामा करोडौं रकम

सीआईबीले हाल पक्राउ परेका माइकल डंगौरासमूहमाथि अझै अनुसन्धान जारी राखेको छ ।  सीआईबीको टोलीले उनीहरुको बैंक खाता रोक्का गराएर अनुसन्धान थालेको हो । सीआईबी एसपी शाहीका अनुसार पक्राउ परेका क्रिप्टोका मूख्य नाइके डंगौराको विभिन्न बैंक खातामा करोडौं रकम रहेको खुलाएको छ । 

त्यो बाहेक डंगौराको सम्पत्तिका रुपमा उनको नाममा काठमाडौंको बूढानिलकण्ठमा आलिशान महल, कैलालीमा अर्को घर र करोड पर्ने पर्ने कार फेला परेको छ । उनको नाममा अन्य सम्पत्तिसमेत हुनसक्ने आशंका प्रहरीले गरेको छ । पक्राउ परेका अन्य युवाहरुको सम्पत्तिसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्