site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनाइयो सोनाम ल्होछार (तस्बिरहरू)

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार पर्व विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने प्रचलन रहेको छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

यसबैची ‘मञ्जुश्री संवत्–२८६१ सोनाम ल्होछार भव्य रूपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा पनि भव्य रूपमा सोनाम ल्होछार पर्व मनाइएको छ ।

सो अवसरमा ताम्वा, बोन्वो तथा सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू डम्फू सेलो प्रस्तुत गरिएको थियो । 

 

lhochhar-(8)-1738237010.jpg

lhochhar-(9)-1738237011.jpg

lhochhar-(10)-1738237011.jpg

lhochhar-(1)-1738237011.jpg

lhochhar-(6)-1738237010.jpg

lhochhar-(7)-1738237010.jpg

lhochhar-(4)-1738237009.jpg

lhochhar-(5)-1738237009.jpg

lhochhar-(2)-1738237008.jpg

lhochhar-(3)-1738237008.jpg

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्