site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुडानमा विमान दुर्घटना : २० जनाको मृत्यु

जुबा । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान बुधबार बिहान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।

“विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए,” गतवेच विपालले बताए ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्