site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध चरेससहित कपिलवस्तुबाट महिला पक्राउ

काठमाडौं । लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले भारतको उत्तरप्रदेश देवरिया मुबारकपुरकी ३० वर्षीया सरस्वती विकलाई पक्राउ गरेको हो ।

विक शंकास्पद अवस्थामा कपिलवस्तुको कृष्णनगरपालिका–३ स्थित ट्रान्समिटर चोकमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनको साथबाट एक किलो २५ ग्राम लागुऔषध चरेस बरामद भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।

नेपालबाट चरेस भारत लैजान खोजेको खुलेको छ । विकले प्लाष्टिकको झोलामा लुकाइछिपाइ चरेस लिन खोजेको खुलेको छ ।

विकमाथि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुबाट ११ दिनको म्याद थप भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरन्ञ्जन भट्टले जानकारी दिए ।
 

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्