site stats
बाह्रखरी :: Baahrakhari
देश
भ्रष्टाचार मुद्दामा आठजना दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आज आठमध्ये चारजनालाई मुख्य अभियुक्त र चारजनालाई मतियार ठहर गरेको हो ।

अदालतले मालपोत प्रमुख रसाइलीलाई एक वर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको हो । 

मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ ।

अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजना विरुद्ध २४ करोड ६ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।रासस

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २३:४५
प्रतिक्रिया दिनुहोस्