site stats
बाह्रखरी :: Baahrakhari
देश
धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरूमा चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयनजिक रहेका भवनहरू भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।

सो क्रममा स्थानीयहरूले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्डविपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोबीखोला र वाग्मती नदी किनारमा करिब पाँचसय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्