site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सातजनाको मृत्यु, ४०० घाइते

नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् ।

छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू संकलन गर्छन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २३:५६
प्रतिक्रिया दिनुहोस्