site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्यरातमा अध्यादेश भनिएकोप्रति ओलीको आक्रोश : हामीले विद्यालय चलाएका हौँ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा अध्यादेश जारी गरेको भनिएकोमा आपत्ति जनाएका छन् ।

बुधबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राट्रपतिसमक्ष बिहानको पौने ११ बजे अध्यादेश दर्ता गरिएको बताए । ओलीले त्यतिबेला कुन ठाउँमा मध्यरात भयो भनि प्रश्न गरे ।

“पौने ११ बजे हामीले राष्ट्रपतिकहाँ लगेर अध्यादेश दर्ता गर्यौं । पौने ११ बजे दर्ता गरेको कुरालाई राष्ट्रपतिले हेर्न भ्याउनुभएको छैन मध्यरातमा अध्यादेश आए । मध्यरातमा के हो षड्यतन्त्र भन्ने,” ओलीको आक्रोश छ, “पौने ११ लाई मध्यरात भन्छ, संसारमा कतै ? कहाँ हुनुहन्थ्यो र ? संसारको कुन भूभागमा हुनुहुन्थ्यो मान्छेहरू । मध्यरातमा होइन दिउँसो ।”

पुस २६ गते मध्यरातमा सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । उनले राति काम गरेकोमा टाउको नदुखाउन समेत आग्रह गरे ।  

“हामी राति पनि काम गर्छाैँ भन्ने कुरामा टाउको नदुखाए हुन्छ । जसले जे भने पनि बिहान, दिउँसो, बेलुका, राति गर्छौैँ । जबसम्म सुशासन आउँदैन, समृद्ध नेपाल सुखी नेपाली बन्दैन तबसम्म,” ओलीले भने ।

उनले आराम गर्न नजन्मिएको र देश बनाउनका लागि आएको पनि बताए । उनले विद्यालय नभएर सरकार चलाइएकाले राति काम गर्नुपरेको सुनाए ।

“आराम गरेर टेन टु फाइभको घन्टीमा सुरु गरेर घन्टीमा बन्द गर्ने । हामीले विद्यालय चलाएको हो, केटाकेटीको ? हामीले सरकार चलाएको हो । त्यसाकारण यहाँ राति दिउँसो काम गर्छौँ,” ओली भछन् ।

उनले कुनै कानुन राति बनाउन नपाउने भन्ने नहुने बताए । ओलीले राम्रो काम कति बजे गर्न हुँदैन भन्ने नहुने बताए । ओलीले राति दिन भन्ने अफवाह फैलाउने तरिका भएको जिकिर गरे ।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्