site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको टिप्पणी : सरकार परिवर्तन गर्छु भन्ने नदीको किनारमा बसेर ढुंगा फ्याके जस्तो

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गर्छु भन्ने नदीको किनारमा बसेर ढुंगा फ्याकेर नदी थुन्न खोजेजस्तो टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो सरकार परिवर्तन गर्न सक्छु भन्ने विशाल नदीको किनारमा बसेर यत्रा यत्रा ढुंगा टिप्दै फ्याँक्दै । के गरेको भन्दा यो नदी थुन्न खोज्या भन्नु बेकारको काम हो त्यो ।”

उनले समाजवादी मोर्चाले आन्दोलन गर्न लागेको सुनेको भन्दै सभ्य तरिकाले गर्न आग्रह समेत गरे ।  

“कता मोर्चाले आन्दोलन गर्ने रे भन्ने सुनिराखेको छु । सभ्य तरिका, शान्तिपूर्ण होस् । अधिकार प्रयोग गर्न पाइन्छ गरियोस्,” उनले भने ।

आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्