site stats
बाह्रखरी :: Baahrakhari
देश
सकियो रविको बयान, थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।

जिल्ला अदालत काठमाडौंले बयान सकिनुअघि थुनछेक बहसका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई खबर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेसहितका प्रतिनिधि अदालत पुगेपछि बयान सुरु भएको हो ।

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्