site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लसएन्जलसको आगलागीमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । अमेरिकाको लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगोमा हालसम्म सातजनाको मृत्यु भइसकेको छ ।

लसएन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा नयाँ आगलागी सुरु भएको छ । हावा चलेका कारण आगो तीव्र गतिमा फैलिनसक्ने उनले बताएका बीबीसीले जनाएको छ ।

उनले प्रशासनको आदेशको पालना गरी स्थाननीयलाई सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

पालिसेड्सको आगलागी १९ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ । जसका कारण ५३ सयभन्दा बढी घर वा भवन ध्वस्त भएका छन् ।

आगलागी विभागका प्रमुखले भेन्टुरा काउन्टीमा नयाँ आगलागी भएको बताए । आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ । यसलाई निभाउन ६० भन्दा बढी दमकल परिचालन गरिएको छ ।

भेन्टुरा काउन्टीबाहेक केनेथमा पनि नयाँ आगलागी भएको छ । यो आठ सय एकड क्षेत्रफलमा फैलिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्