site stats
बाह्रखरी :: Baahrakhari
देश
सूर्यदर्शन सहकारी प्रकरण : धरौटी बुझाएर छुटे तीन आरोपी

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीनजना धरौटी बुझाएर छुटेका छन् ।

सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसदस्य कृष्ण गुरुङ धरौटी बुझाएर छुटेका हुन् । मीना र आरतीले पाँच/पाँच लाख, कृष्णले एक लाख धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत कास्कीको आदेशलगत्तै धरौटीवापतको रकम जम्मा गरेर उनीहरू छुटेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्