site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पबाट संखुवासभाकाे एक घरमा क्षति

संखुवासभा । चीनको सिजाङ स्वशासित क्षेत्रको दिंगी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण संखुवावासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा एउटा घर भत्किएको छ । 

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । जस्तापाताले छाएको शेर्पाको दुईतले ढुंगाको घरमा चिरा परेको उनले बताए । 

शेर्पाको घरमा सातजनाको परिवार बस्दै आएको थियो । उनीहरू भने सकुशल रहेका छन् । 

भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको प्रजिअ खड्काले बताए । क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।  रासस

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्