site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण– रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालत पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जना विरुद्ध मुद्दा दर्ता गराएको हो । ३९ जनामध्येका एक रास्वपाका सभापति रवि लामिछाने रहेका छन् । उनलाई पनि मुख्य अभियुक्त बनाइएको छ ।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो ।

अभियुक्तहरुमा ओखलढुंगाका गितेन्द्र बाबुराई सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामिछाने पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् । 

यस्तो छ अभियोगपत्र

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्