site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बिमा योजना

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बिमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले योजना सार्वजनिक गरे ।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।

न्यूनतम बिमांक रकम पाँच लाख र अधिकतम बिमांक एक करोड रहेको कम्पनीले जनाएको छ । यस योजनामा सरिक हुन बिमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्