site stats
बाह्रखरी :: Baahrakhari
देश
डीआईजी कडायत र केसी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले कडायत र केसीको नाम सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।

बढुवा सिफारिस भएका कडायत नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल र केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्