site stats
बाह्रखरी :: Baahrakhari
देश
तराईमा हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । 

तराईका केही स्थानमा कुहिरो समेत लागेकाले दैनिक जनजीवन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने विभागले जनाएको छ । 

पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 
  
विभागले दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्