site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चारजनाको मृत्यु

खोस्त । पूर्वी अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।

खोस्ट प्रान्तीय सरकारका प्रवक्ता मुस्तगफिर गुरबाजले भने,“यो घटना प्रान्तको राजधानी खोस्ट शहरको बाहिरी भागमा रहेको एक आवासीय अपार्टमेन्टमा भएको थियो, जसमा एक महिला र तीन बालबालिकासहित चारजनाको मृत्यु भएको थियो ।”

गुरबाजका अनुसार घटना हुँदा परिवारका सदस्यले घर तातो पार्न खोजिरहेका थिए ।

अफगानिस्तानमा, मानिसहरूले जाडोमा आफ्नो आवासीय घरहरू तताउन ग्यास सिलिन्डर प्रयोग गर्ने सामान्य छ, जसले कहिलेकाहीँ घातक दुर्घटनाहरू हुँदै आएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्