site stats
बाह्रखरी :: Baahrakhari
देश
पश्चिम नेपालबाट वर्षा सुरु, भोलि काठमाडौंमा पनि पानी पर्ने !
तस्बिर : विनोद पोखरेल

काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। 

भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । भोलि काठमाडौंमा पनि पानी पर्ने प्रबल सम्भावना छ । 

आइतबार बिहान धेरै ठाउँमा बदली हुने र अपराह्नदेखि मौसम खुल्दै जाने सम्भावना रहेको पोखरेलको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्