site stats
बाह्रखरी :: Baahrakhari
देश
कति छ आज काठमाडौंको न्यूनतम तापक्रम ? 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.५ डिग्री सेल्सियस छ । 

“बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । ८ : ४५ मा यो केही घट्ने सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँग भनिन्, “दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।” 

काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । 

“आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहनेछ,” उनले अगाडि थपिन्, “भोलिबाट मौसममा केही परिवर्तन हुनेछ । शुक्रबारबाट बादल र वर्षा गराउने प्रणाली विकास हुँदै छ ।” 

 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्