site stats
बाह्रखरी :: Baahrakhari
देश
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिलालाई सम्मान

चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाटै पहिलो स्नातकोत्तर गर्ने महिला सम्मानित भएकी छिन् । गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ शनिबार इच्छाकामना–३ चुम्लिङटारमा सम्मानित भएकी हुन् । 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए । 

विसं ०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिला ०६६ सालमा विवाह गरेर गोरखाको गण्डकी गाउँपालिका–१ मा पुगेकी हुन् । 

उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छिन् । रमिला ०७६ सालदेखि शिक्षण पेसामा आबद्ध छिन् । रासस

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्