site stats
बाह्रखरी :: Baahrakhari
देश
लुटेराद्वारा घरधनीको हत्या गरी लुटपाट

जलेश्व । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको छ । 
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेकाे छ ।
    
घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात÷आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको हो । उनको घरबाट सुनको मंगलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । 
    
झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गरिरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्