site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा सिंह र भरत बोहरा एआईजीमा बढुवा 

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो ।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्