site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्