site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ?
फाइल तस्बिर । 

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०५:४९
प्रतिक्रिया दिनुहोस्