site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा जुवातास खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका–५, खानीडाँडा बजारका अर्जुन सापकोटासहितका व्यक्तिहरू छन् ।

सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, नगद ५५ हजार ९९० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्