site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीको  मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष गिरीको निधन

लम्की (कैलाली) । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य समेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्