site stats
बाह्रखरी :: Baahrakhari
देश
हुस्सुले सडक र हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने 
फाइल तस्बिर । 

काठमाडौं । नेपालमा हाल कुनै पनि विशेष मौसम प्रणाली नरहँदा आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

बिहान तराई र उपत्यका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो रहेकोले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्