site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेटौंडा उपमहानगर–१२ मा कांग्रेस विजयी 

काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा–१२ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । 

उनी दुई हजार ६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का रविकुमार प्रधानले १ हजार ५६० मत प्राप्त गरे । 

माओवादीका राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याए । ०७९ को निर्वाचनमा यहाँ माओवादीका ललितबहादुर घलान निर्वाचित भएका थिए । 

उनी जिल्ला समन्वय समितिको प्रमुख बनेपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । एकमात्र वडा जितेको माओवादी हेटौंडा उपमहानगरमा शून्य भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:२३
प्रतिक्रिया दिनुहोस्