site stats
बाह्रखरी :: Baahrakhari
देश
स्करपियोको ठक्करबाट सुनसरीमा सिटी सफारी चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीको ठक्करबाट सफारी चालकको मृत्यु भएको छ । मंगलबार ठक्करबाट सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । 

रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियोले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सफारी चौधरीलाई उपचारका लागि स्थानीय हस्पिटल ओमसाई झुम्कामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । 

ठक्कर दिने गाडी र चालक भारतको बिहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलार्ई प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्