site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीका पूर्वमन्त्री अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति 
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करीमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

यसअघिको म्याद सकिएर मंगलबार उनलाई थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतमा पेस गरेको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए । 

अवैधरूपमा जापान पठाएर मानव तस्करी गरेको आरोपमा अधिकारीसहित ९ जनामाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्