site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्