site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख पदमा ८४ र वडाध्यक्षमा ३२३ जनाको उमेदवारी, कहाँ कसको ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । जसमध्ये ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।

उमेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा ३/३ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

उपनिर्वाचन यही मंसिर १६ गते हुने तय भएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्