site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
प्रतिकात्मक तस्बिर ।

झापा । हात्तीको आक्रमणमा परी झापामा एकजनाको मृत्यु भएको छ । आज बिहान दमक नगरपालिका–३, दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । रासस

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्