site stats
बाह्रखरी :: Baahrakhari
देश
गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको हो ।

अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलले जनाएको छ ।

अतिक्रमित संरचना हटाउन खोज्दा केहीले विरोध जनाएका थिए । अतिक्रमित संरचना हटाउने काममा अवरोध गर्न खोजेको भन्दै अभियन्ता सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत पुर्‍याएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्