site stats
बाह्रखरी :: Baahrakhari
देश
६ लाख नगदसहित जुवाखालबाट १३ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, हलेदीमा जुवाको खालबाट  ६ लाख ४३ हजार १९० रुपैयाँसहित १३ जना पक्राउ परेका छन् ।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरूलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो ।

खालबाट १६ थान कौडा बरामद गरिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्