site stats
बाह्रखरी :: Baahrakhari
देश
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् ।   

उनको शव अस्पतालमै राखिएको छ । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्