site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई महिनापछि स्वीकृत भयो स्वास्थ्य बिमा बोर्डका अध्यक्षको राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुझाएको राजीनामा दुई महिनापछि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । 

२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामापत्र बुझाएका थिए ।

स्वास्थ्यमन्त्रीको सचिवालयमा बुझाइएको पत्र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले असोज पहिलो साता नै मन्त्रिपरिषद् लगे पनि स्वीकृत हुन समय लागेको थियो । 

बोर्डका कार्यकारी निर्देशक डा. युवनिधी बसौलाको समेत सोमबारबाट नै चारवर्षे कार्यकाल सकिएको छ । उनी केहीदिनअघि नै बोर्डबाट बिदा भइसकेका छन् । अध्यक्ष र कार्यकारी निर्देशक दुवै बाहिरिएसँगै बोर्ड तत्काललाई नेतृत्वविहीन बनेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्