site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा जुवातास खेलिरहेका ११ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ का ३६ वर्षीय दीपक लामिछानेसहितका व्यक्तिहरू छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

नगद तीन लाख २३ हजार रुपैयाँ, कौडा १६ थान र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्