site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित 

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो ।

शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको थियो । 

न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्