site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई थप ९ करोड दिने

विराटनगर । कोसी सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा व्यवस्थापनका लागि थप नौ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि थप बजेट स्वीकृत गरेको हो ।

यसैगरी, कोसी सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पाएका छन् ।

बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिको पक्ष राष्ट्रहरूको बैठक (कोप–२९)मा पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्