site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एलन मस्क रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ : ट्रम्प

काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा आफ्नो विजयको घोषणा गरेपछि रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा एलन मस्कको नाम पनि लिएका छन् ।

सामाजिक सञ्जाल एक्सका मालिक मस्कले ट्रम्पको चुनावी अभियानमा विशेष भूमिका निर्वाह गरेका थिए । 

ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ भनेका छन् । ट्रम्पले उनलाई अद्भुत व्यक्ति भनेका छन् ।

यसैबीच, केही समयअघि एलन मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “अमेरिकी जनताले परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई स्पष्ट बहुमत दिएका छन् ।”

ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित घोषणा गरिसकेका छन् तर औपचारिक घोषणा भने भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्