site stats
बाह्रखरी :: Baahrakhari
देश
गैँडाको आक्रमणबाट बोटेको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । 

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । 

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्