site stats
बाह्रखरी :: Baahrakhari
देश
बौद्धमा जुवातास खेलिरहेका २० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (आज) प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूका साथबाट प्रहरीले ६ लाख ६९ हजार ८१० रुपैयाँ र खेलमा प्रयोग गरिएको तीन बुक र ६ बुक नखोलिएको तास बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । रासस

asdfmg-1730715759.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्