site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा कौडा खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७, देविचौरमा कौडा खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा ४१ वर्षीय श्याम तामाङ समेत सातजनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडासहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्