site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा जीप दुर्घटना, चारजना घाइते

चैनपुर (बझाङ) । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप सोमबार भोपूरमा दुर्घटना भएको हो । सात यात्रु चढेको जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो । 

दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शंकर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । 

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्